दुःखद खबर – रहेनन् धनकुटाका युवा नेता कृष्ण थापा – दु’र्घटनामा परि मृ’त्यु!
धनकुटा खबर । माेटरसाईकल दू’र्घटनामा परि धनकुटा पाख्रीवासका कृष्ण वहादुर थापाकाे निधन भएकाे छ ।
पछिल्लाे समय नेपाली कांग्रेसमा राजनीतिक रुपमा कृयाशिल उहाँ आज साँझ धनकुटाबाट झापा जाँदै गरेकाे वेला विराटचाेकमा विपरित दिशाबाट आईरहेकाे माेटर साईकलसँग थापा सवार माेटरसाईकल एकापसमा ठाे’क्किएर दूर्घ’टना हुँदा उहाँकाे निधन भएकाे सुन्नमा आएकाे नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्ताेषी राईले वताउनु भयाे ।
विपरित दिशाबाट आएकाे माेटर साईकलका चालककाे पनि नि’धन भएकाे जनाईएकाे छ । उहाकाे शव अहिले धरान घाेपा मा रहेकाे र आफन्तहरु गएकाे जनाईएकाे छ ।
दुवै माेटरसाईकलकाे पछाडि सवार अरु दुईजना सख्त घा’ईते भएकाे र उनिहरुकाे धरान घाेपामा उपचार भईरहेकाे जनाईएकाे छ । घट्नाकाे वारेमा थप जानकारी आउन समय लाग्ने आफन्तले जनाएका छन् ।


