स्व. थापाको आज धनकुटाको मुलघाटमा अन्त्यष्टि गरिने
नेपाली कांग्रेस धनकुटाको आज देखि तीनदिन सम्म पार्टी कार्यालयमा झण्डा झुकाएर बन्द गरिने
धनकुटा,७ असार । नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको गएराती मोटरसाईकल दुर्घटनामा परि निधन भएको छ । धनकुटाबाट झापा जाने क्रममा गएराती ७:४० मा विराटचौकमा मोटर साईकल दुर्घट्नामा उहाँको निधन भएको हो ।
स्व. थापाको आज धनकुटाको मुलघाटको विश्रान्ती मन्दिर स्थित तमोर नदीमा अन्त्यष्टि गरिने जनाईएको छ । उहाँको निधन प्रति दु:ख व्यक्त गर्दै नेपाली कांग्रेस धनकुटाले आज देखी तीनदिन सम्म पार्टी कार्यालयमा झण्डा झुकाएर बन्द गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटाको तर्फबाट उहाँको सम्मान सहित अन्त्यष्टि गरिने र शोकमा जिल्ला पार्टी कार्यलय सहित मातहतका सवै कार्य समितिको पार्टी कार्यालयहरुमा झण्डा झुकाएर तीन दिन सम्म कार्यालय बन्द रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
४५ बर्षको उमेरमा निधन हुनु भएका स्व. कृष्ण थापाको बुवा फणिन्द्र थापा,आमा नानीमाया थापा,श्रीमती कमला थापा,छोरी सिर्जना थापा,छोरा रोमियो थापा छन् ।
धनकुटाको प्राख्रीवास ७ मुगा निवासी युवा नेता स्व. थापा नेपाली कांग्रेस धनकुटा र राप्रपा धनकुटा गत चैत्र अन्तिममा समायोजनको क्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको सचिवको जिम्मेवारी लिइ पार्टी संगठन विस्तार र सुद्धृढिकरण अभियानमा सक्रिय हुनुहुन्थ्यो ।
थापाको निधनले नेपाली कांग्रेस धनकुटाले कुशल संगठनकर्ता र असल नेता गुमाउनु पर्दा पार्टीलाई अपुरणीय क्षती पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भएको छ ।


