ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रमको केन्द्रिय कार्यलय पाख्रीवासमा

असार ७,धनकुटा । धनकुटाको सात स्थानिय तहको विभिन्न ठाँउमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३ करोड ५२ लाख ५० हजार बराबरको कार्यक्रम सञ्चालन भएको छ ।

निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहल कदमीमा जिल्लाको विभिन्न स्थानियतहहरुमा शैक्षिक स्तर सुधार, गुणस्तरिय शिक्षा व्यवस्थापनका लागि २०७७÷७८ मा उल्लेखित रकम वरावरको कार्यक्रम सञ्चालन भएको हो ।

जस अन्र्तगत भवन निमार्ण, विद्यालयमा खानेपानीको व्यवस्थापन,विद्यालयमा कम्प्यूटर,पुस्ताकालय तथा विज्ञान प्रविधि प्रवद्र्धन, सिकाइ सामाग्री उपलब्ध, क्षामता अभिवृद्धि, भौतिक पूर्वाधार तथा शैक्षिक विकासका काम भएको निवर्तमान सांसद तथा पाटी अध्यक्ष राईले जानकारी दिनु भयो ।

त्यस्तै ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रमको केन्द्रिय कार्यलय पाख्रीवासमा स्थापना गरिएको उहाँले वताउनुभयो । यो कार्यक्रम अन्र्तगत युवायुवतीहरुलाई स्वरोजगार वनाउने र कृषी तथा पशुपंक्षीको कार्यक्रम गर्ने जनाईएको छ ।

यो कार्यलयबाट धनकुटा भोजपुर,संखुवा सभा,तेह्रथुम,ताप्लेजुङ सहित मध्य पहाडी क्षेत्रका विभिन्न जिल्ला हुँदै नुवाकोट सम्म कृषी तथा ग्रैरकृषी क्षेत्रमा आयआर्जनका कार्यक्रमहरु सञ्चालन हुने उहाँले वताउनुभयो । यसले नागरिकको दिगो आयआर्जनमा सहयोग पुग्ने उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖