कांग्रेस जिल्ला सचिव थापाको यसरी चार तारे झण्डा ओढाएर गरियो अन्त्येष्टि
धनकुटा । सवारी दु र्घटनामी परी निधन हुनु भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला सविच कृष्ण थापाको पार्थिव शरिरमा चार झण्डा ओढाएर आज सम्मान पूर्वक धनकुटाको मुलघाट स्थित विश्रान्ती मन्दिरको तमोर नदीमा अन्त्यष्टि गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, जिल्ला सविच विजय सन्तोषी राई, रविन्द्र नेपाल, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य तथा पाख्रिवास नगरपालिकाका संयोजक ज्ञानु गुरुङ्ग लगायत जिल्ला सदस्यहरु,क्षेत्रिय सभापती इन्दिरा थापा लगायत क्षेत्रिय समितिका साथीहरु, पाख्रिवास नगरपालिका वडा नं. ७ वडा सभापती पूर्ण वहादुर राई, नेपाल महिला संघ धनकुटा जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतका वडा सभापतीहरुले जिल्ला सचिव स्वर्गीय कृष्ण थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो ।
धनकुटाबाट झापा जाने क्रममा हिजो राती ७. ४० बजे मरोगको विराटचौकमा सवारी दुर्घट्नामा परी कांग्रेस जिल्ला सविच कृष्ण थापाको निधन भएको हो ।
४५ बर्षको उमेरमा निधन हुनु भएका नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव स्वर्गीय कृष्ण वहादुर थापाको बुवा फणिन्द्र थापा,आमा नानीमाया थापा,श्रीमती कमला थापा र रिता केशी,छोरी सिर्जना थापा,छोरा रोमियो थापा हुनुहुन्छ ।
धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ७ निवासी नेपाली कांग्रेस धनकुटका सचिव तथा यूवा समाजसेवी कृष्ण थापाको निधनले नेपाली कांग्रेस धनकुटाले कुशल संगठनकर्ता र असल नेता गुमाउनु पर्दा नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
आफन्तजन,कांग्रेसजन लगायत स्वर्गीय जिल्ला सचिव कृष्ण वहादुर थापाका सयौ साथीभाईहरुले धनकुटाका मुलघाटको विश्रान्ती मन्दिर स्थित तमोर नदीको किनारमा उहाको पार्थिव शरिरमा फुल माला लगाई दिई उहाप्रती अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।


