धनकुटाका ५ जना वडाध्यक्षहरुले नगरपालिकाको बैठक बहिष्कार गरे – मेयर प्रति यस्तो आरोप

धनकुटा खबर । धनकुटा नरपालिकाका पाच जना वडाध्यक्षहरुले मेयर चिन्तन तामाङ्गले संघियताको भावना र मर्म विपरित गई अलोकतान्त्रिक ढंगले जवरस्ती पालिकाकाको बैठकबाट बजेट पास गरेकाले बैठक वहिस्कार गरी आन्दोलनमा उत्रिएको आज जनाएका छन ।

धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ८ का वडध्यक्ष सुमन राई र वडा नं. ९ का वडाध्यक्ष अध्यक्ष मनोज रायमाझीले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको बैठकबाट जवरजस्ती अधिनायकबादी शैलीमा आर्थिक बर्ष २०७८।०७९ को बजेट पारित गर्ने निर्णय गरेको विरोध गर्दै आज बैठक वहिस्कार गर्दै परिषद अगाडी बैठकबाट बजेट संशोधन गर्ने निर्णय नगरेमा आन्दोलन गर्ने भन्दै बैठक वहिस्कार गरेका हुन ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामांगले बैठकमा बेलाएर निर्वाचित वडाध्यक्षहरुको कुनै कुरानै नसुनि संघियताका भावना विपरित वडाहरुमा जाने बजेटमा व्यापक कटैती गरी जन भावना विपरित वितरण मुखी शैलीमा बजेट प्रस्तुत गर्नका लागी पालिकाको बैठकबाट अलोकतान्त्रिक ढंगबाट जवरजस्ती बजेट पास गरेकाले हामी जनता समक्ष जानु परेको धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले वताउनु भयो ।

धनकुटा नगरपालिकाको बैठकबाट हामीले विरोध गर्दा गर्दै बजेट पास गरेकोले हामीले गंभिर ध्यानर्कषण गरएको वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले वताउनु भयो ।

विगत बर्षहरुमा पनि वडाहरुबाट नगर स्तरीय योजनाहरुका लागी योजना छनौवट गरेर धनकुटा नगरपालिकामा सिफारिस गरेर पठाउदा समेत राजनैतिक प्रतिरोध राखेर जनताको भावना विपरित गएर निर्वाचित संस्था वडाहरुलाई उपहार गर्ने गरेको धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राईले वताउनु भयो ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामांगले पालिकाबाट केन्द्रिकृत ढंगबाट एकलौटी किसिमबाट पास गरेको बजेट सशोधन गरी पुन निर्णय नगरेमा जनताका साथ दिएर सशक्त आन्दोलन गर्ने चेतावानी दिनुहुन्छ धनकुटा नगरपालिका वडा नं. ९का अध्यक्ष मनोज रायमाझी ।

धनकुटा नगरपालिका पाच जना वडाध्यक्षहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै जवरवस्ती ढंगले वडाध्यक्षहरुको र वडाका जनताको भावना र चाहना विपरित गएर मेयर चिन्तन तमांगले पालिका बाट जवरजस्ती पास गरेको बजेट फिर्ता लिई संशोधन गरी पून:निर्णय गराएर पस्तुत नगरेमा जस्तो सुकै आन्दोलन गर्ने उद्घोष गरेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।