जनप्रतिनिधि नै सर्वेसर्वा वनेर कानुन र विधिको प्रक्रिया खिलाफ गएर एकलौटी अघि वढिरहेको ,४ राजनीतिक दलको गम्भिर ध्यानाकर्षण
असार ९,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको वडा परिषद विषयमा विभिन्न ४ राजनीतिक दलले आज आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
पाख्रीवास नगरपालिका अन्र्तगतका वडा कार्यपालिकाले कुनै टोल भेलाबाट नगरी जनतालाई सूचना समेत नदिई निश्चित पहुँचवाला एक दलिय व्यक्तिहरुको भेलाबाट मात्र वडा परिषद गरेको भन्दै नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल नेपाल समूह, र जनता समाजवादी पार्टीले आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनिहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको प्रक्रियागत नियम कानुन विधि र स्थानिय सरकारको योजना सञ्चालनको नियम विपरित पाख्रीवास नगरपालिका अन्र्तगतका वडा कार्यपालिकाले कुनै टोल भेलाबाट योजना छनौट नगरी जनतालाई सूचना समेत नदिई पहुँचवाला एक दलिय व्यक्तिहरुको भेलाले वडा परिषद गरिरहेको उल्लेख गरेका छन् ।
यसरी जनप्रतिनीधि नै सर्वेसर्वा वनेर कानुन र विधिको प्रक्रिया खिलाफ गएर एकलौटी अघि वढिरहेको विषयमा आफुहरु पाख्रीवास नगरवासी जनताको आवाज अधिकार संरक्षणको प्रतिनीधित्व गर्दै एकलौटी र मनोमानी गरिएको कार्यको घोर आपत्ती व्यक्त गर्दछौ उनिहरुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनिहरुले यसरी विधि र प्रक्रिया विपरित गई जनताको अधिकार खोसेर स्थानिय वडा प्रतिनीधिहरुले स्वेच्छाचारी ढंगले गरेको वडा परिषद पून: गर्न गराउन विज्ञप्ति मार्फत माग समेत गरेका छन् । यता नगरप्रमुख वृष वहादुर राईले भने प्रक्रियागत रुपमै वडागत योजनाहरु छनौट गरिएको वताउनुभएको छ ।



