भ्रष्टचारलाई बढवा दिने खालको बजेट ल्याउन खोजिएको भन्दै वडा अध्यक्षले गरे नगरसभा बहिस्कार
धनकुटा,९ असार । धनकुटाको महालक्ष्मी नगरपालिकाका ३ जना वडा अध्यक्षले नगरपालिकाको सातौ नगरसभा बहिस्कार गरेका छन् ।
नगरपालिकाकाको बजेट निर्माण गर्ने सन्दर्भमा स्थानिय तहको बजेट निर्माणका न्यूनतम सर्त तथा आवश्यक छलफल समेत नगरि एक लौटी तरिकाले बजेट सार्वजनिक गर्न खोजिएकोले नगरसभा बहिस्कार गरेको महालक्ष्मी नगरपालिका वडा न २ का अध्यक्ष धुव्र रायले बताउनु भयो ।
नगरसभा बहिस्कार गर्नेहरुमा वडा न २ का अध्यक्ष धुव्र राय, वडा न ३ का भरत थापा र वडा न ४ का यज्ञ बहादुर चापाँगाई रहेका छन् ।
उनिहरुले संयूतm विज्ञप्ती जारी गर्दै बजेट विकास निर्माण भन्दा पनि कार्यकर्ता मुखी, वितरण मुखि र भ्रष्टचार लाई बढवा दिने खालको बजेट नगरप्रमुख पर्शूराम नेपालको डिजाइनमा प्रस्तुत गर्न खोजिएको भन्दै आपति समेत जनाएका छन् ।
साथै उनिहरुले सो कदम सच्याउन समेत माग गरेका छन् ।



