नेविसंघका पूर्व अध्यक्ष आले व्यावसायिक मेवा खेतीमा

तनहुँ, व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थाल्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गर्नुभएको हो ।

करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले बताउनुभयो । गत वैशाखमा बिरुवा लगाएको तीन महिना भयो ।

छ महिनामा फल दिन शुरु हुन्छ । उहाँले भन्नुभयो, “फल राम्रो लाग्ने र बिक्रीको लागि १५ दिनसम्म टिकाउ हुने भएकाले यसतर्फ आर्कषित भएको हुँ ।” भारतमा उत्पादन भएको मेवाको तुलनामा नेपालमा उत्पादन भएको मेवाको स्वादले सजिलै बजार लिन सक्ने विश्वास गरिएको उहाँ बताउनुहुन्छ ।

स्थानीय जातको मेवा दुई÷तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकाले यस जातको मेवाको बिरुवा लगाइएको हो । उहाँले भन्नुभयो, “आफूले पनि पहिलो पटक लगाएकोले कस्तो फल दिन्छ हेर्न बाँकी रहेको छ ।” एउटा बीउको रु २८ परेको छ । दश ग्राम प्याकेटको नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको उहाँले बताउनुभयो ।

लकडाउन खुलेपछि सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गरिने किसान आलेले जानकारी दिनुभयो । आले विसं ०५१ सालमा स्ववियू सभापति हुदै २०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेविसंघ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसक्नु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।