पाख्रीवास नगरपालिकाको ८ औं नगरसभामा भएको घटनाको विषयमा नपा र प्रशासन वीच छलफल

धनकुटा,असार ११ । पाख्रीवास नगरपालिकाको ८ औं नगरसभामा भएको घटनाको विषयमा आज नगरपालिका र प्रशासन वीच छलफल भएको छ ।

छलफलको क्रममा नगर प्रमुख वृष वहादुर राईले नगरसभा चलिरहदा अराजक समूहले सभा विथोल्ने ,ढुंगा मुढा,जनप्रतिनीधि तथा कर्मचारी माथि कुटपीट गरेको वताउनुभयो ।

यो विषयलाई लिएर प्रशासनमा सूरक्षा मागका लागि फोन गर्दा प्रशासन प्रमुखले अप शव्द प्रयोग गरेको,समयमा सूरक्षा व्यवस्था नगरेको भन्दै प्रशासन र अराजक समूहकै मिलेमतोमा घटना घटाईएको आरोप लगाउनुभयो ।

प्रशासनको यो गतिविधिले जिल्लाकै सूरक्ष व्यवस्थामा प्रश्न चिन्ह उठेको उहाँले वताउनुभयो । उपप्रमुख देवकला पौडेल तिम्सिनाले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने वारे प्रशासन मौन रहेको भन्दै कानुनी प्रक्रियामा जाने वताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने फोनमा कुरा गर्दा ४ नं वडा कार्यलय खोल्ने भन्ने कुरा वुझेको तर नगर सभामा भएको घटनाको वारेमा स्पष्ट नभएकोले सूरक्षा व्यवस्थापनमा ढिलाई भएको वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।