धनकुटामा सेना र जनस्वास्थ्य कार्यालयको गाडी यसरी ठोक्कियो

धनकुटा,असार १३ । धनकुटाको धनकुटा नगरपालिका ९ च्याङच्याङबारी नजिक कोशीलोक मार्गमा सवारी दु’र्घटना भएको छ ।

धनकुटा बाट ईटहरी तर्फ जाँदै गरेको श्री न २ वाहिनी अड्डा हिले धनकुटाको प्र ३-०१-००१ ग ३७१९ नं को ट्रक र विपरीत दिशा बाट आउँदै गरेको जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ८७१२ नं को जिप आपसमा ठक्कर खादा श्री नं २ वाहिनी अड्डा हिलेको ट्रक अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

दु’र्घटनामा परी नेपाली सेनाका धनकुटा चौविसे गाउँपालिका ४ बस्ने ४१ वर्षका जम्दार बल बहादुर लिम्बु, ट्रकचालक मोरङ कानेपोखरी नगरपालिका बस्ने ३५ वर्षका अम अर्जुन पौडेल, धनकुटा नगरपालिका १ बस्ने वर्ष ३६ का बन्दवस्ती कार्य सिपाही विमल कट्टेल ,रामेछाप धनपा ११ बस्ने ४१ वर्षका बन्दवस्ती कार्य सिपाही पुस्कर परीयार, धनकुटा पानपा ८ बस्ने ३२ वर्ष का बन्दवस्ती कार्य सिपाही राज कुमार राई घा’इते भएका छन् ।

उनिहरुलाई उपचारका लागि ईटहरी आर्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । त्यस्तै बा १ झ ८७१२ जनस्वस्थ कार्यालय धनकुटाको जिप चालक सोलुखुम्बु नेल ४ बस्ने बर्ष ३२ को शिव बहादुर खड्का सामान्य घाईते भएको र उहाको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖