मन्त्री अधिकारीबाट कर्मचारीलाई निर्देशन
असार गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।
यो पनि पढ्नुहोस
रसुवा , टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो ।
स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिनुभयो । भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उहाँले बताउनुभयो ।
रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक रु ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ । कृषि फर्ममा हाल स्थानीय कुखुरा , लौकाट , च्याङग्राको बोका र स्थानीय बोका ,चौरीगाई , याक र स्थानीय जातका गाई रहेका छन् ।
कृषि उपज तर्फ ब्रोकाउली , बन्दा , काउली , मुला , रायो , आलु ,करू , र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि रहेका छन् ।व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ । गतवर्ष मात्र सो कृषिफर्मले आलु र चीजबाट मात्र रु २५ लाख आय गरेको बताइएको छ । उहाँले भन्नुभयो , “स्वदेशमा केही गर्न सकिन्छ । म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ । ” शिक्षण पेशा छाडेर कृषिमा लाग्नुभएका उहाँ सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिनुहुन्छ ।


