विपक्षी गठनवन्धनको संयुक्त सर्वदलिय अभियान सन्चालन गर्ने निर्णय
धनकुटा, १४ असार । धनकुटाको हिलेमा सम्पन्न विपक्षी गठनवन्धनको सर्वदलिय भेलाले संयुक्त सर्वदलिय संयन्त्र गठन गर्दै संयुक्त अभियान संचालन गर्ने निर्णय गरेको छ ।
आइतबार आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले संविधान र लोकतन्त्रको रक्षाका लागि फेरी एक पटक संयुक्त रुपमा आन्दोलन गर्नु पर्ने आवाश्यक भएको वताउदै सवैलाई तयार रहन आग्रह गर्नु भयो । नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले अव प्रत्येक वडा वडाबाट जनविरोधि कार्यको भण्डारफोर गर्ने वताउनु भयो ।
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष लाक्पा तामाङ्ग,जनता समाजवादी पार्टी यूवा समितिका केन्द्रिय कोषाध्यक्ष मनकला लिम्बु,राप्रपा नेपालका प्रदेश सदस्य ज्ञान वहादुर विष्ट,नेपाली कांग्रेसका जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,रुकमान तामाङ्ग,विर वहादुर तामाङ्ग ,अमित लो तामाङ्ग,महासमिति सदस्य भुपेन्द्र कटुवाल,नेपाली कांग्रेस नगर सदस्यहर राम घिसिङ्ग, सदस्यहरु इन्द्र तितुङ्ग,जय वहादुर तामाङ्ग,नारायण थापा,दावा शेर्पा,दामोदर घिमिरे,तरुण दलका अध्यक्ष अर्जुन घले,नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यष दुर्गा गोङ्वा तामाङ्ग लगायतका नेताहरुले अव गाउ गाउमा भएका विकास निर्माणको अनुगमन गर्ने र जनविरोधी क्रियाकलापको खवरदारी गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. १ का सभापती शमशेर गोङ्वा तामाङ्गको अध्यक्षतमा सम्पन्न भएको सर्वदलिय भेलामा कार्यक्रमको उदेश्यमाथि जिल्ला सदस्य अमित लो तामाङ्गले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन नगर कार्य समितिका सदस्य तथा यूवा नेता राम घिसिङ्ग तामागले गर्नु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाका सभापती शमसेर गोङ्वा संयोजक र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष निर वहादुर ठकुरी, जसपाबाट श्रीमुन्धुम राई,राप्रपाबाट विष्णु तमाङ्ग र प्रत्येक दलबाट अन्य दुई दुई जना थप गरी प्रत्येक दलबाट तिन तिन जना सदस्य रहने गरी सर्वदलिय संयन्त्र गठन गरी संयुक्त अभियान संचालन गर्ने निर्णय गरेको छ ।
यसैगरी समितिलाई सहयोग पु¥याउनका लागी संमयोजन तथा संमन्वय समिति गठन गरी समितिलाई समन्वय तथा संयोजन गर्नका लागी नेताहरु लाक्पा तामाङ्ग,अमित लो तामाङ्ग,विर वहादुर तामाङ्ग,रुकमान तामाङ्ग,भूपेन्द्र कटुवाल,खगेन्द्र विष्ट,मनकला लिम्बु रहनु भएको समिति समेत गठन गरी सो सर्वदलिय भेलाले जिम्मेवारी दिइएको छ ।


