अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

काठमाडौँ, अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुरु गरेको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी साधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । अष्ट्रे«लियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिक र यहाँ आई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उहाँको भनाइ छ।

संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारी साधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आउनुभएका श्यामबहादुर केसीले बताउनुभयो ।

यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोबास गरी आपत्मा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्था सहज हुने जनाइएको छ ।

संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा यहाँका एक मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा १० लाख अष्ट्रेलियाली डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलियन एसोसिएसन तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।

यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्ट्रे«लियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भए पनि पहिलोपटक संस्थागत रूपमा सवारी खरिद गरेर सेवा दिने र सामुदायिक भवनमार्फत विभिन्न सेवा भने पहिलोपटक दिन लागिएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।