धनकुटाका एसपी अधिकारीको बिदाई
धनकुटा,१४ असार । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एसपी गोबिन्द अधिकारी बिदाई भएको छ ।

१ बर्ष १ हप्ता पहिले धनकुटा जिल्लाको कमाण्ड समाल्नु भएका एसपी अधिकारीको आज बिदाई गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर सरुवा भई हाल तालुक गृह मन्त्रालय प्रशासन शाखामा काज सरुवा हुनु भएको समेत कार्यलयले जनाएको छ ।
यो पनि …
धनकुटा । धनकुटामा आज फेरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्रका अनुसार आज दिउसो ३स्१५ सम्म उल्लेखित संख्याका संक्रमित थपिएका हुन् । भने आज ५९ जना संक्रमण मुक्त भएका छन् ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २३३ रहेको मा होम आईशोलेसनमा २०९, संस्थागत आईशोलेसनमा १५ र अस्पतालमा ९ जना उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।


