३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम

झापा, मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन शुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं. १ सरकारको रु. एक करोडको सहयोगमा सो प्लान्ट निर्माण भएको हो । प्लान्ट खरिदमा रु. ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ ।

झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहेपनि त्यसले अक्सिजन प्लान्ट बनाएका छैनन् । अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो । अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सीटी स्क्यान सञ्चालनका लागि सरकारले रु. ६ करोड सहयोग गरेको छ । हाल पाँच वटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालू आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गर्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।

साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ । नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।