नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भा,इरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भा,इरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ ।

थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

हालसम्म छ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ४६१ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४६१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३४२, ललितपुरमा ८८ तथा भक्तपुरमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप २७ सङ्क्रमितको मृ,त्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २७ सङ्क्रमितको मृ,त्यु भएको छ। यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।