युवा नेता महेश बस्नेतले ४५१ छात्रछात्रालाई शैक्षिक सामग्री

भक्तपुर, नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका छ सामुदायिक विद्यालयका एक हजार ४५१ छात्रछात्रालाई स्कूल ब्याग, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

राष्ट्रिय अपाङ्ता पुनःस्थापना समाजका तर्फबाट आज मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामग्रीसहित झोला छात्रछात्रालाई हस्तान्तरण गरिएको हो ।

निवर्तमान सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राविका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र आधारभूत प्राविका २१ जना विद्यार्थीलाई रु एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो । पूर्वमन्त्री बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताउनुभयो ।

शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत हो भन्दै पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदूरका बालबच्चा अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने आँैल्याउनुभयो ।

कार्यक्रममा बोडे माविका प्रधानाध्यापक जीवना शर्माले ल्यापटपको अभावले शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको र कोभिडका कारण विद्यालयमा धरैै समस्या र चुनौती थुप्रिएको बताउनुभयो । कार्यक्रममा एमाले भक्तपुर अध्यक्ष वचन देउजा, समाजका कानूनी सल्लाहकार देवीराम उपाध्यायलगायतले कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।