सहिदभुमि गाँउपालिकामा नै सजिवन खेती किन ?
जीवन प्रसाद राई ।
प्रदेश नम्बर १ को १४ जिल्ला मध्ये धनकुटा जिल्ला एक हो यसैको ७ स्थानीय तह मध्ये सहिदभुमि गाँउपालिका हो । भुमिको आधारमा सबैभन्दा सानो तर बहु आयामिक पालिका सहिदभुमि हो । सहिदभूमि गाउँपालिकाको क्षेत्रफल ९९.५५ वर्ग किमी छ । शहिदभुमि गाँउपालिकाको सबैभन्दा कम उचाई १५८ मिटर त्रिबेणी र सबैभन्दा अग्लो ठाँउ घुमाउने डाडा १६६१ मिटर हो ।
अरुण तथा तमोर नदीको काखमा अवस्थित यो गाँउपालिकामा सजिवनको खेती सबैभन्दा राम्रो हुने भनी २०७५ सालमै तेखिमे कृषि परामर्श सेवा फर्मले एक अध्ययन प्रतिबेदन दिएको थियो । अध्ययन प्रतिबेदन अनुसार सहिदभुमि गाँउपालिका क्षेत्रभित्र ७५ प्रतिशत क्षेत्रमा सजिवनको खेती गर्न सकिन्छ । सजिवन नै किन खेती गर्ने ? र यसको महत्व कति छ भन्ने बिषयमा एक महत्वपुर्ण छलफल गरौ ।

सहिदभुमि गाँउपालिका साविकका खोकु, आँखीसल्ला तथा छिन्ताङ गाबिसहरु मिलेर बनेको हो । यस गाँउपालिकाको पुरानो चिनारी सुन्तला हो । यो ठाँउमा अझै पनि सुन्तला खेतीले धेरै जमिन ओगटेको छ । सजिवन खेती गर्नका लागि सुन्तलाहरु मास्न पर्छ भन्ने होईन तर सुन्तलामा जुन रुपमा हाल देशब्यापी रुपमा नै सिट्रस ग्रिनिङको समस्याका कारणले समस्या सिर्जना भएको छ ।
यसलाई नेपाल सरकारले निराकरण गर्ने काम समयमै गरेन भने सुन्तलामा निकै ठुलो समस्या खडा हुने निश्चित रहेको छ । यसैले भएको सुन्तलाहरुलाई बचाउदै नयाँ पद्धतीमा आधारित खेती गर्ने जमर्को गर्नु आजको आवश्यकता हो ।
नेपालमा सजिवन खेतीको लामो ईतिहास छैन । तर यसको तराई भित्री मधेश तथा गर्मी हुने ठाँउहरुमा आफै उम्रेर हुर्केको पाईन्छ । जसको तरकारी खाने प्रयोजनका लागि काम भएको छ जुन हामी नेपालीहरुले धेरै पहिला देखि नै गर्दै आएका छौ । यसैले सजिवनको बारेमा धेरै नेपालीहरुलाई थाहा भएको बिषय नै हो । तर आम नेपालीहरुलाई यसको महत्व, फाईदा तथा यसको ब्यवसायिक बिकासको बारेमा भने थाहा नभएको हुन सक्दछ । यसको सेवनबाट धेरै प्रकारका रोगहरुको निराकरण हुने आयुर्बेदले समेत दावी गरेको छ । आयुर्वेदको दावी अनुसार यसको सेवनबाट निम्न प्रकारका फाईदाहरु हुने गर्दछ ।
– शक्तिशाली क्या’न्सर प्रतिरोधात्मक: यसको सेवनले मानिसमा क्या’न्सर लाग्न दिदैन तर यसको लागि नियमित सेवनको आवश्यकता पर्दछ ।
– म’धुमेह रो’गीहरुका लागि उपचार गर्दछ: यो वनस्पति म’धुमेहका रो’गीहरुका लागि समेत एकदमै राम्रो हो यसको सेवनले म’धुमेह रो’ग लागेका हरुलाई धेरै फाईदा गर्दछ भने रोग नलागेकाहरुका लागि समेत राम्रो गर्दछ ।
– रगतमा कोलेष्टोरलको मात्रा घटाँउछ: सजिवन एक प्रकारको औषधीय गुण भएको वनस्पति हो यसको सेवनले मानिसको रगतमा कोलेष्टोरलको मात्रा घटाउने कार्य गर्दछ भने कोलेष्टोरल खसीको मासु तथा राँगाको मासु खाँदा हुने प्रमुख समस्या हो भने अन्य कृषिबस्तुको सेवन गर्दा हुने एक प्रकारको रोग हो ।
– लिभर र इडिमा को उपचार तथा बिभिन्न रोगबाट बचाँउछ: धेरै मात्रामा र’क्सी सेवन गर्नेहरुका लागि यो वनस्पति निकै फाईदाजनक रहेको छ यसले लिभरको रोगीहरुका लागि र ईडिमा रोगका लागि समेत ज्यादै राम्रो गर्दछ ।
– पेट गडबढी भएकोलाई ठिक बनाउछ: सजिवनको सेवनले पेटका रोगीहरुलाई समेत राम्रो गर्दछ नेपालमा ग्याँ’स्टिकका रोगीहरु धेरै छन सजिवनको सेवन ग्याँ’स्टिकका रोगीहरुका लागि धेरै नै राम्रो औषधी हो ।
– रौ र छालालाई स्वस्थ राख्न मद्धत गर्दछ: यसको सेवनले मात्र नभई यसबाट बनेको साबुनको प्रयोग तथा सेम्पोको प्रयोगले समेत राम्रो गर्दछ । छालका रोगीहरुलाई समेत राम्रो हुन्छ यसैगरि कपाललाई समेत राम्रो बनाउछ ।
– ब्या’क्टेरियाहरु बचाँउछ: यसको सेवनले ब्या’क्टेरियाबाट हुने रोगहरुमा धेरै नै फाईदा गर्दछ ।
– क्या’न्सरको दुस्मन: यसको सेवनले क्या’न्सर हुनै दिदैन ।
– स्नायु प्रणालीका हा’नीकारक किटाणुहरुलाई नष्ट गर्दछ : सजिवनको सेवनले मानिसको स्नायु प्रणालीमा रहने र हुने हा’नीकारक किटाणुहरु लाई नष्ट बनाउने कार्य गर्दछ ।
– हडडीलाई बलियो बनाउने गर्दछ: सजिवनको नियमित सेवनले मानव हड्डीलाई एकदमै बलियो बनाउने कार्य गर्दछ । खासगरि बाल बच्चाहरुलाई यसको सेवन गराउने काम अभिभावकहरुले गर्नुपर्दछ ।
– पथरीलाई बढन दिदैन: सजिवनको सेवन पथरी रोगीहरुका लागि ज्यादै नै राम्रो हो यसको सेवनले पथरी हुन दिदैन भने भई सकेका हरुका लागि समेत पथरीलाई बढन दिदैन ।
– किडनीका समस्याहरुलाई हल गर्दछ: किडनीका समस्याहरुलाई यो सजिवनको सेवनले ज्यादै नै राम्रो गर्दछ ।
ड्ड मानिसहरुमा हुने बाँझोपन हटाउन समेत मद्धत गर्दछ: सजिवनको सेवनले महलिाहरुमा हुने बाँझोपनलाई समेत निराकरण भएको अध्ययनले देखाएको छ ।
– आँखालाई समेत राम्रो बनाँउछ: सजिवनको सेवनले आँखालाई ज्यादै राम्रो हुन्छ ।
सजिवनको बजार बिस्तार पनि निकै सजिलो रहेको छ । यसको तुना फलको अलावा पात वा मुन्टा पनि सुकाई पाउडर बनाई बिव्रmी गर्न सकिन्छ । खासमा यसको तुना फल भन्दा पनि यसको मुन्टा वा पातको बजार ज्यादै धेरै रहेको छ । बर्षमा दुई वा तीन पटक यसको मुन्टा निकाल्न सकिन्छ भने यसको हुर्किएको ठुलो पातबाट पाउडर बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिव्रmी बितरण गर्न सकिन्छ । पछिल्लो समयमा नेपालबाट यसको पाउडर बिदेशी बजारमा जाने गरेको छ ।

यसलाई नेपाली बजारमा कसरी बजार बिस्तार गर्न सकिन्छ भने यसलाई सहिदभुमी गाँउपालिका भित्रै एउटा ब्यवसायिक स्तरमा प्रशोधन केन्द्र स्थापना गरि यसको छिमेकी पालिकाहरु तथा छिमेकी जिल्लाहरुमा समेत सजिवनको उत्पादनलाई प्रोत्साहन गरि संकलन गरि पाउडरको प्रशोधन गर्ने र ब्राण्ड गर्ने कार्य गरिनु पर्दछ । त्यसलाई प्रत्येक नेपालीको भान्सामा छिर्ने कार्य गर्नलाई हामीले केही महत्वपुर्ण कदम चाल्नु पर्दछ । त्यो कदम के भने सजिवनको सेवन गरेर मानिसलाई फाईदा हुने कुराहरु सजिलो संग बुझाउने कार्य गर्नु पर्दछ भने यसको सेवन गर्ने तरिकाहरु बताईनु पर्दछ । यसो गर्न सकिए सजिवनले छिटो र राम्रो संगले बजार बिस्तार गर्न सकिनेछ ।
यसको सेवनको बारेमा कुरा गर्नुपर्दा यसलाई मसलाको रुपमा प्रयोग गर्ने तरिकाहरु निकै छन । जस्तै यसको प्रशोधित पाउडरलाई माछा, मासु, अण्डा, तरकारी तथा अचारमा मसलाको रुपमा प्रयोग गरेर खाने । यो तरिका नेपालीहरुका लागि सबैभन्दा राम्रो तरिका हो । यसको फाईदा हुने र यसलाई प्रयोग गर्ने तरिकाहरु राम्रो संगले बताइए त्यसबाट आम नेपालीहरुलाई एउटा संस्कारको रुपमा बिकास गर्न सकिन्छ । यसरी प्रयोगमा ल्याउनका लागि हामीले अर्को महत्वपुर्ण काम के पनि गरिनु पर्दछ भने बिबाह, भोज, बनभोज, उत्सव जस्ता धेरै प्रकारका खानेकुराहरु पाक्ने स्थानमा यसलाई बजारीकरण गरिनु पर्दछ । यसो गर्नका लागि सजिवन प्रशोधन गर्ने कम्पनीहरुले यसको बजारीकरण गर्नका लागि जिम्मा लिन सक्नेछन ।
अर्को महत्वपुर्ण तरिका हुनेछ । सजिवनको प्रशोधित पाउडरबाट चिया खाने तरिका, सुप खाने तरिका तथा यसबाट साबुन बनाउने तरिका, रक्सी बनाउने तरिका आदि यसबाट पनि यसको खपतलाई अधिक बनाउन सकिन्छ । यसको फुल फुल्ने सिजनमा मह बनाउने अर्थात मौरी चराउने अर्को पद्धती हुन सक्दछ । यसले पनि राम्रो बजार बिस्तार गर्न सक्दछ । यस्तो महत्वपुर्ण कार्यले सजिवनको बजार बिस्तारमा फाईदा गर्दछ । बजार बिस्तारले सजिवनको उत्पादन बढ्न गई आम कृषकहरुलाई फाईदा हुनेछ र यसबाट प्रसस्त्रै मात्रामा रोजगारीको अवसर सिर्जना गर्दछ ।
यस कार्यका लागि गाँउपालिकाले गर्नैपर्ने कार्यहरु के हुन भने । गाँउपालिकाले पुर्ण रुपमा आफ्नो गाँउपालिकालाई सजिवन पकेटक्षेत्र घोषणा गरि यसको नर्सरीहरु उत्पादन गरि आम कृषकहरुलाई सजिवन खेतीतर्फ अग्रसर गराईनु पर्दछ । यसको महत्व बुझाई यसको खेती गर्ने तरिकाहरु बारे प्रष्ट रुपमा कृषकहरुलाई बुझाईनु पर्दछ । यसको खेती किन गर्ने ? यसलाई नै किन खेती गर्ने भन्ने बारेमा स्पष्ट रुपमा किसानहरुलाई बताईनु पर्दछ ।
यसको बजार बिस्तार गर्नका लागि गाँउपालिकाले प्रशोधन उधोगहरुको लागि सहजीकरण गर्ने, सजिवन खाँउ, सजिवन खानुका फाईदाहरुको बारेमा ठाँउ ठाँउमा साईनबोर्ड तथा यसको प्रसस्त्रै मात्रामा प्रचार सामग्रीहरु प्रकाशन गर्नुका साथै रेडियो, एफएम, पत्रपत्रिका तथा टेलिभिजन एवं मिडियाहरुमा प्रचार गरिनु पर्दछ । अधिकतम मानिसहरुलाई यसको सेवन गर्नका लागि प्रोत्साहन गरिनु पर्दछ । सजिवनको मर्म र महत्व बुझी कार्य गर्न सकिए सहिदभुमि गाँउपालिका एक नेपालकै नमुना गाँउपालिका हुनेछ । यसको लागि भुगोलले सहिदभुमि गाँउपालिकालाई महत्वपुर्ण साथ मिलेको छ । त्यो हो अरुण नदी तथा तमोर नदीले बनाईदिएको जमिन जुन नदीहरु देखि १४ सय मिटर सम्मको उचाईमा यसको खेती गर्न सकिन्छ । जस अनुसार ७५ प्रतिशत भुभागमा यसको खेती संभावना भएको कारणले गर्दा यसलाई सजिवन पकेटक्षेत्र मानेर कार्य गर्दा यो संघिय मुलुक नेपालको एक महत्वपुर्ण पालिका स्थापित गर्न सकिन्छ ।
(लेखक कृषि अभियन्ता साथै कृषिविद हुन् ।-सम्पादक)


