सातवटै प्रदेशमा नमूना युवा प्रदेशसभा जारी

काठमाडौँ,सातवटै प्रदेशमा आज पनि ‘नमूना युवा प्रदेशसभा’ को अभ्यास भइरहेको छ । नमूना युवा संसद्बाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदले आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरिरहेका छन् ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवाले प्रदेशसभा सञ्चालनको अभ्यास गरिहेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यास सिकाइएका युवाले प्रदेशसभा सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार आजको युवा प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

उहाँले युवालाई अहिलेदेखि नै संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि नमूना प्रदेशसभा कार्यक्रम गरिएको बताउनुभयो । नमूना युवा संसद्बाट छनोट गरिएका प्रदेश सभामुखको भूमिकामा रहेका युवाले प्रदेशसभा सञ्चालन गरिरहेका छन् ।

प्रदेश नंं १ मा चेतन भट्टराई, प्रदेश नं २ मा गङ्गा श्रेष्ठ, वाग्मती प्रदेशमा बबिता परियार, गण्डकी प्रदेशमा मोनिका कोइराला, लुम्बिनी प्रदेशमा श्रद्धा कुँवर, कर्णाली प्रदेशमा पूर्णिमा आचार्य र सुदूरपश्चिम प्रदेशमा अर्जुन लुहारले प्रदेश सभामुखको भूमिका निभाई रहनुभएको छ । युवा रोजगारी, कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नमूना युवा प्रदेशसभाका विषयमा छलफल भएको बताइएको छ ।

परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । मुख्यमन्त्रीको भूमिकामा प्रदेश नं १ बाट नवीन पहाडी, प्रदेश नं २ बाट पूजाकुमारी साह, वाग्मती प्रदेशबाट अस्मि सापकोटा, गण्डकी प्रदेशबाट सन्दीप गिरी, लुम्बिनी प्रदेशबाट सुरज भट्टराई, कर्णाली प्रदेशबाट प्रशान्त लामिछाने र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरी चयन हुनुभएको छ ।

नमूना प्रदेशसभा आजै सकेर यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसद्को अभ्यास हुँदैछ । ती युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै कुराको अभ्यास गराइन्छ । नमूना युवा संसद्मार्फत युवालाई प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र नगरसभा सञ्चालनको अभ्यास गराइन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖