आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग

किमाथाङ्का, नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसिएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा कार्कीको विशेष पहलमा युएनडिपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले उक्त सामग्री उपलब्ध गराएको हो ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेशन र चैनपुर आइसोलेशनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक÷एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पिपिइ १०० थान, एन–९५ मास्क एक हजार थान, ब्ल्याङ्केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डिसीसिएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेशन र होमआइसोलेशनमा बसिरहेकालाई लक्षित वितरण गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिनुभयो । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।