सिलिचोङ गाउँपालिका प,हि,रा,पी,डित एक वर्षदेखि टेन्टमै

किमाथाङ्का, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरापीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य छन् । प,हिराले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घरपरिवार पुनःस्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

गत वर्ष असार २८ गते राति आएको प,हिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दासमेत पुनःस्थापना गर्न तीनै तहका सरकारले चासो देखाएको छैन । पहिराले घर बगाएका पी,डितले ओत लाग्ने छानोसमेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका प,हिरो पी,डित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिराको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीयवासी हीरालाल राईले बताउनुभयो ।

गत वर्ष असार २८ गतेपछि पनि साना–साना प,हिरो गइरहेका कारण घर छाडेर घरभन्दा केहीमाथि चित्रेमा टेन्टमै बसिरहेको स्थानीयवासी डम्बरबहादुर राईले गुनासो गर्नुभयो । जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएपछि केही घरपरिवार बेसिन्दामै बसिरहेको उहाँले जानकारी दिनुभयो । बेसिन्दामा ११८ घरपरिवारमध्ये अधिकांश परिवार जोखिम मोलेर बसिरहेका उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घरपरिवारलाई खाँदबारी नगरपालिकामा पुनःस्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले पीडितको इच्छा गरेका केही ठाउँमा पुनःस्थापना गर्न लागिएको बताउनुभयो ।

त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मै रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनःस्थापना गर्ने तयारी भइरेहको उहाँले जानकारी दिनुभयो ।

पुनःस्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेर राख्ने प्रक्रिया शुरु गरिएको उहाँ बताउनुहुन्छ । चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि नौ रोपनी जग्गा खरिद गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।