प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन

ललितपुर,प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको छ।

मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गर्नुभएको हो ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको अनुगमन गर्नुभएको हो ।

सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।