बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा क,रेन्ट लागेर मृ,त्यु
लमजुङ, ४ साउन राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा क,रेन्ट लागेर मृ,त्यु भएको छ ।
आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृ,त्यु भयो।”
बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृ,तक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो।


