उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कु,ट,पि,ट
झापा, ४ साउन ,मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कु,ट,पि,ट गरेका हुन् ।
श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कु,ट,पि,ट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताउनुभयो ।
“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उहाँले भन्नुभयो, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दो,षीमाथि कडा का,रवाही हुनुपर्छ ।”
डा कपुरीले घटनाका दो,षीमाथि का,रवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिनुभयो ।
घ,टनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।


