वन्यजन्तुको आ,क्र,मणबाट १४ जनाको मृ,त्यु

चितवन, ६ साउन ,चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आ,क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृ,त्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँचजना छन्।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आ,क्रमणबाट एक जनाको मृ,त्यु भएको थियो । सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए ।

घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घा,इते भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृ,त्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृ,त्यु भएको थियो ।

सोही अवधिमा ३१ घाइते भएका थिए ।घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आ,क्रमण बढेको हो ।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घा,इतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्ष,तिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो ।

यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पु¥याएको क्ष,तिबापत पनि राहत वितरण गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।