३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त हुनुभएका सचिव बस्यालको बिदाई

काठमाडौँ, ७ साउन ,निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त हुनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।

विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहनुभएका उहाँले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य अवकाश लिनुभएको हो ।

सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताउनुभयो ।

उहाँले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गर्नुभयो ।

निवृत्त सचिव बस्याले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

समारोहमा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले निजामती सेवामा रहँदा सचिव बस्यालले आर्थिक, प्रशासनिक तथा कूटनीतिक क्षेत्रमा लामो समयसम्म कुशलतापूर्वक निर्वाह गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँको कार्यकालमा थालनी गरिएका कार्यहरूलाई पूरा गरिने छ भन्नुभयो । कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।