दोदा नदीले उखु र धान रोपेको जग्गा ब,गाउन थालेपछि स्थानीयवासी चिन्तित

कञ्चनपुर, ८ साउन ,शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्ष,ति पु¥याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताउनुभयो ।

“दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ”, उहाँले भन्नुभयो, “जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जो,खिमा पर्ने देखिएको छ ।” उहाँका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पु¥याएको छ ।

विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो । नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ । “वि,पद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरुले संरक्षण गरेको बगर बनेको छ” स्थानीयवासी रामदास रानाले भन्नुभयो, “बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ ।”

नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उहाँले बताउनुभयो । नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ । बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन् । तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पटक–पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ ।

“बर्सात हुने दिन अझै बाँकी नै छन्” स्थानीयवासी बालसुग्रिब रानाले भन्नुभयो, “खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्या त छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ । परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ ।”

विसं २०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए । नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए ।

नदीको जो,खिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए । हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ । स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।्

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।