जुवा मुद्दाका फ,रार प्रतिवादीलाई प्रहरीले प,क्राउ

कर्णाली, ८ साउन ,जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार प,क्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

विसं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको जनही रु २०० असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा ती फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस..

लण्डन, ८ साउन ,कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही रु २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।

‘लेखन वृत्ति’ नाममा पत्रकार महासङ्घ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ । सोही निर्णयबमोजिम उठेको कुल रु पाँच लाख १६ हजार पत्रकार महासङ्घ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।

गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो । हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।