धनकुटाकी सुमित्रा तामाङले कुवेतमा गरिन् आ’त्म ह’त्या
कुवेत । कुवेतमा दुईजना नेपालीले ज्यान गुमाएका छन । लमजुङका अमिर तामाङको हृदयघातका कारण मृ त्यु भएको हो भने धनकुटाकि सुमित्रा तामाङले आ त्म ह त्या गरिएको खबर प्राप्त भएको छ । जुलाई १९ सोमबार अमिरको कोठामा सुतेकै अवस्थामा मृ त्यु भएको हो भने सुमित्राले २० तारिकमा साल्मिया एरियामा आ त्म ह त्या गरेकि हुन ।
लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृ त्यु भएको हो । ५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत आएका तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए तर उनी घर नफर्की कम्पनीबाट भागि अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएका थिए ।
त्यसैगरि सुमित्रा तामाङ (१०६६७३०१)अन्यबाटो हुँदै कुवेत आएको हुदा पुर्ण विवरण प्राप्त हुन सकेको छैन । नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको हुदा परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेकाछन ।-निरेम अपडेटबाट


