लक्ष्य भन्दा यति धेरै राजस्व संकलन

बागमती, ९ साउन ,आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७÷७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६÷७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६÷७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिनुभयो । कार्यालयले गत आव २०७७÷७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताउनुभयो ।

आव २०७७÷७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा रु एक अर्ब नौ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १९ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ रु दुई करोड ६१ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार करोड सात हजार सङ्कलन भएको थियो । मूल्य अभिवृद्धिकरतर्फ रु ९१ करोड ५४ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु एक अर्ब ३२ करोड ३० लाख ७५ हजार सङ्कलन भएको बताइएको छ । यसैगरी अन्तः शुल्कतर्फ रु तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई अर्ब ८६ करोड ९० लाख २१ हजार सङ्कलन भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖