प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ साउन ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गर्नुभएको छ ।

सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएका स्व घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖