कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

११ साउन ,पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तर्राष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ।

पूर्वी नाका हुँदै भारत र बङ्गलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।