सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो ।

भेटमा उहाँहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले वि,पद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई वि,पद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।