सेने र तिगेला पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमा चयन

लण्डन । गत २५ जुन २०२१ का दिन नेपाल पत्रकार महासंघ युकेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले पत्रकार श्रीमति विमला सेने र विश्वास दीप तिगेलालाई केन्द्रीय प्रतिनीधिको रुपमा चयन गरेको छ ।

लण्डनको ब्ल्याकहिथ स्थित एभरेष्ट इनमा पदाधिकारी तथा सदस्यहरुको सशरिर उपस्थिती रहेको बैठकले सो निर्णय गरेको हो । बैठकले युके समितिको सदस्यमा वाचश्पति रेग्मी, मिलन तमु र वंम सूर्यवंशीलाई मनोनयन गरेको छ । त्यस्तै गरि सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष नरेश खपाङ्गी र भर्खरै सम्पन्न निर्वाचनमा उपविजेता बनेका श्याम लुईटेललाई थप गरेका छन ।

बैठकले विभिन्न विभागिय जिम्मेवारी समेत तोकको छ । पत्रकार सेने गोर्खा च्यानलकी संचालिका तथा विगत ३ दशक देखि रेडियो तथा टेलिभिजन पत्रकारिता गरेकी हुन भने तिगेला नेपाली समाचार साप्ताहिक पत्रिका (नेपालीसमाचार डटकम) का प्रकाशक तथा सम्पादन तथा अढाई दशक देखि प्रिन्ट पत्रकारितामा आबद्ध ब्यक्ति हुन । दुबै जना द इन्टरनेशनल फेडरेसन अफ जर्नालिष्टका सदस्य समेत हुन । पत्रकार महासंघ नेपालको विधान २०७५ बमोजिम युकेबाट दुईजना मात्र केन्द्रीय प्रतिनीधि/सभासद पठाउन सक्ने ब्यवस्था रहेको छ ।

महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बसेको बैठकलाई सचिव नरेन्द्र कुमार बस्नेतले संचालन गरेका थिए । सोहिदिन साँझ पूर्वघोषित यस बर्षको खोज पत्रकारिता पुरस्कार श्रीभक्त खनाललाई खदा सहित नगद ५ सय २ पाउण्ड निवर्तमान अध्यक्ष नरेश खपाङ्गी, पूर्वअध्यक्ष नबिन पोखरेल र अध्यक्ष अर्यालले हस्तान्तरण गरेका थिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।