धनकुटामा पुन: कोरोना भा’इरस विरुद्धको खोप लगाईदै ! हेर्नुहोस् कुन खोप कुन लक्षित समूहलाई लगाईदै ?
श्रावण १९,धनकुटा । वैदेशिक रोजगारमा जाने नागरिक सहित पूर्ण र अति अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि धनकुटामा फेरी कोरोना भाईरस विरुद्धको खोप लगाईदै छ ।
स्वास्थ्य कार्यलय धनकुटाका अनुसार जिल्लाका सबै पालिकाका सबै स्वास्थ्य संस्था मार्फत साउन २१,२२ र २४ गते जोन्सोन एण्ड जोन्सोन खोप लगाउन लागिएको हो ।
जसका लागि सम्वन्धित स्वास्थ्य संस्था स्तरमा खोप केन्द्र स्थापना गर्न र आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य कार्यलयले आग्रह गरेको छ । ५० देखी ५४ वर्ष समुहका नागरिक,वैदेशिक रोजगारमा जाने सवै नागरिक,पूर्ण र अति अपांगता भएका नागरिक र यसअघि खोप लगाउन छुटेका सम्पूर्ण स्वस्थ्यकर्मीलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।
धनकुटाको चौविसे गाउँपालिका,सागुरीगढी गाँपालिका,शहिदभूमी गाउँपालिका सवै स्वास्थ्य संस्था मार्फत साउन २१ गते,धनकुटा नगरपालिकाका सवै स्वास्थ्य संस्था मार्फत साउन २१ र २२ गते, पाख्रीवास नगरपालिका,छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका सवै स्वास्थ्य संस्थाहरु मार्फत लक्षित समूहलाई साउन २४ गते खोप लगाउने तालिका रहेको उहाँले वताउनुभएको छ ।(फाइल तस्बीर)



