धनकुटामा मास्क लगाउनेको संख्या घट्दै
धनकुटा,२८ साउन । म’हामारी नियन्त्रणमा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यता नेपाल मास्क अभियानमा धनकुटामा समेत जिल्ला प्रसासन कार्यालय धनकुटा, धनकुटा नगरपालिका धनकुटा,स्वास्थ्य कार्यालय धनकुटा,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटा, नेपाल प्रहरी लगायत संघ सस्थाले अभियानमा चलाई रहे पनि धनकुटामा माक्स लगाउनेको संख्या घट्दै गएको देखिन थालेको छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि म’हामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
सदरमुकाम धनकुटा बजार सहित अन्य स्थानमा सचेतना अभियान संचालन गर्दै मास्क वितरण गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
सरकारी र अन्य निकायहरुले माक्स लगाउने अभियान चलाई रहदाँ ग्रमिण क्षेत्रमा मात्र होइन बजार क्षेत्रमा समेत माक्स लगाउनेको संख्या घट्दै गएको छ ।
माक्स लगाएकाहरुले समेत सहित तरिकाले माक्स नलगाउदाँ एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमणको जोखिम जताततै भएको धनकुटा सदरमुकामका चन्द्रकुमार राईले बताए उनले भने कतिपयले खोप लगाई सकेकोले माक्स नलगाएको बताउने गरेका छन् भने कतिपयले कहिले सम्म लगाई राख्नु भनेर नलगाउने गरेका छन् । त्यसैले यस्तो प्रवृतिलाई रोक्नु पर्ने उनको भनाई थियो ।


