रासस महाप्रबन्धक राईलाई महासंघद्वारा सम्मान
नारायण कुमार राई/धनकुटा,३१ साउन । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईलाई नेपाल पत्रकार महासंघ धनकुटाले सम्मान गरिएको छ ।

एक हप्ताका लागि गृह जिल्ला धनकुटा आउनुभएका उहाँलाई महासंघले आईतबार एक कार्यक्रम गरेर पत्रकारहरु माझ सम्मान गरेको हो ।
उहाँलाई धनकुटाका अध्यक्ष नगेन्द्र राई र केन्द्रिय सदस्य सरिता बराईली,शाखा उपाध्यक्ष बिदुर खवास,सचिव हरिलम्जेलले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अबसरमा धनकुटाका रेडियोहरुको तर्फबाट रेडियो मकालु एफ.एम.का अध्यक्ष सोभिस चेम्जोङ्ग,महासंघका पूर्व सल्लाहाकार भेषराज कट्टेल,संस्थापक अध्यक्ष सन्जय सन्तोषी राईले बधाई दिनुभएको थियो ।
सहिदभूमी गाउँपालिका छिन्ताङमा जन्मेका राई लामो समय देखि धनकुटामा पत्रकारिता पेशामा कार्यरत चौतारी धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहिसक्नुभएको छ ।


