धनकुटामा लगानी गर्न वरिष्ठ उद्यमी ढकाल र श्रेष्ठ उत्साहित
धनकुटा । वरिष्ठ उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश ढकाल र नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले धनकुटामा आफुहरु लगानी गर्नका उत्साहित रहेको बताएका छन् ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई सहितको टोली सँग काठमाण्डौमा छलफल गर्दै उनिहरुले त्यस्तो बताएका हुन् ।
वरिष्ठ उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल संग नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई,व्यावसायीहरु निलम थापा,भीम थापा लगायतले भेट गरी धनकुटामा केवुलकार सञ्चालन गर्न,पर्यटन क्षेत्र र उद्योग तथा व्यावसायमा लगानी गर्न आग्रह गरेका थिए ।
सौही टोलीले नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष तथा वरिष्ठ उद्यमी श्रेष्ठ सँग पनि भेट गरी धनकुटामा लगानी गर्न आग्रह गरेर्को थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष ढकाल र जिल्ला नगरका उपाध्यक्ष श्रेष्ठले धनकुटा लगायत त्यस क्षेत्रका उद्यमीहरुसँग मिलेर लगानी गर्न अाफुहरु तयार रहेको वताएको टोलीले जनाएकाे छ ।


