धनकुटाका असिनापानी,बाढीपहिरो पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग

धनकुटा । नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटाका असिनापानी,बाढीपहिरो पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन र जिल्लाको शान्ति सूरक्षा थप मजवुद वनाउन माग गर्दै गृहमन्त्री बाल कृष्ण खाँणको ध्यानाकार्षण गराएको छ ।

टोलिले आज गृह मन्त्रालयमा पुगी गृहमन्त्री खाँण समक्ष ५ बुदे माग पत्र बुझाएको हो । टोलिले गृह मन्त्री खाँणलाई धनकुटाको कुवापानीमा रहेको प्रदेश नं १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नं १ को प्रहरी तालिम केन्द्र स्थापना गर्न र जिल्लाको भेडेटार प्रहरी चौकी, हिले प्रहरी चौकी, जितपुर प्रहरी चौकी र पाख्रीवास प्रहरी चौकी लाई स्तारोन्नती गरी ईलाका प्रहरी चौकी बनाउन माग गरेको छ । साथै सागुरीगढी गाउपालिकाको आहालेको चादनी बजारमा पनि प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ ।

त्यसैगरी धनकुटा जिल्ला सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी ६ नं गुल्मलाई स्तरउन्नती गरी गण बनाउन । जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नं क को राजारानीमा र प्रदेश सभा निर्वाचन क्षेत्र नं ख को पाख्रीवास र जितपुरमा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्न, मुलघाटमा रहेको सशस्त्र प्रहरी बलको विपत उद्धार युनिटलाई विपतसँग उद्धार कार्य सम्वन्धि विभिन्न समाग्री उपलब्ध गराउन समेत माग गरिएको छ ।

नेपाली कांग्रेस धनकुटाले गत बर्ष र यो बर्ष असिनापानी बाट छथरजोरपाटी,महालक्ष्मी,धनकुटा नगरपालिकाका लगायतका विभिन्न क्षेत्रमा व्यापक रुपमा बन्द कोपी,कोपी,मोटरकोसा,आलु जस्ता तरकारीहरु क्षती भै कृषकहरुको करोडौको क्षती भएकोले उनिहरुलाई तत्काल राहत प्रदान गर्न र हावाहुरी,असिनापानी र अविरल बर्षाका काररण आएको बाढी पहिरोबाट क्षती भै घरवाहर विहिन भएका धनकुटाका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न गृह मन्त्री खाँणको ध्यानाकर्षण गराईएको टोलिले जनाएको छ ।

त्यसैगरी धनकुटामा निर्माण गर्न लागिएको प्रदेश स्तरिय कारागारलाई प¥यात बजेट बिनियोजन गर्न पनि ध्यानाकर्ष गराईएको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी प्रसादा पौडेल,जिल्ला सचिव राईले हस्ताक्षर गरी गृहमनत्रीलाई मन्त्रालयमा पुगी माग पत्र बुझाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।