किसानका लागि कृषि ज्ञान केन्द्रले ल्यायो यस्ता कार्यक्रम
धनकुटा,५ भदौ । कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटा र तेह्रथुम जिल्लामा आर्थिक बर्ष २०७८÷७९ मा संचालन हुने अनुदान लागत साझेदारीमा हुने कार्यक्रमको प्रकृया अगाडी बढाएको जनाएको छ ।
कार्यलयले कृषि व्यावशाय प्रबद्र्धन कार्यविधी अनुसार यसका लागी कार्यलयले सुचना जारी गरेको हो ।
यी जिल्ला संचालन गरिने कृषि व्यावशाय संग सम्बन्धीत २२ वटा कार्यक्रमहरुको प्रकृया अगाडी बढाएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
कार्यक्रम अन्र्तगत मकै उत्पादन प्रबद्र्धन कार्यक्रम, किवि खेति प्रवद्र्धन कार्यक्रम, कागती खेति मिसन कार्यक्रम, मुख्य राजमार्ग लक्षित तरकारी खेति कार्यक्रम, बिउ बिजन आत्मा निर्भर कार्यक्रम लगायतक कार्यक्रम रहेका छन् ।





