धनकुटाका ५ स्थानिय तहको बेरुजु करिब १८ करोड ! कुन पालिकामा कत्ति ?
धनकुटा,७ भदौ । धनकुटाका ५ वटा स्थानिय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रहेको महालेखाको ५८ औं बार्षिक प्रतिबेदनले सार्वजनिक गरेको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार सबै भन्दा बढी महालक्ष्मी नगरपालिकाको ११ करोड १४ लाख ५२ हजार बेरुजु रहेको छ ।
त्यस्तै छथरजोरपाटी गाउँपालिकाको २ करोड ८३ लाख १३ हजार, धनकुटा नगरपालिकाको १ करोड ७० लाख ३६ हजार र शहिदभुमी गाउँपालिकाको १ करोड ९३ लाख २१ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पाख्रिबास नगरपालिकाको भने ३६ लाख ८१ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ । धनकुटाका साँगुरीगढी र चौबिसे गाउँपालिकाको लेखा परिक्षण हुन बाँकी रहेको जनाइएको छ ।


