धनकुटामा समेत मनाईयो गाइजात्रा

धनकुटा,७ भदौ । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा समेत आज गाइजात्रा पर्व मनाइएको छ ।

धनकुटाका विभिन्न स्थान बाट गाइजात्रा निकालिएको थियो । गाइजात्रा विशेष गरी नेवार समुदायको महत्वपूर्ण पर्व हो ।गाईजात्राको अवसरमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित सहित विभिन्न भेष धारण गरी शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृ तकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । गाईजात्राको अवसरमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउने गरिन्छ ।

कोरोनाका कारण यो बर्ष पनि सिमित मानिस भेला भई पर्व मनाएका छन् ।गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिइएको थियो । -तस्बिर :रोशन अमात्यको फेसबुकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।