यी माग राख्दै नेपाली कांग्रेस धनकुटाको टोलिले बुझायो प्रधानमन्त्री समक्ष ११ बुँदे माग पत्र

धनकुटा । धनकुटालाई जिवन्तता दिन माग गर्दै नेपाली कांग्रेस धनकुटाले आज प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानर्कषण गराउँदै ११ बुँदे माग पत्र बुझाएको छ ।

 

धनकुटालाई १ नं प्रदेशको राजधानी नबनाएर जिल्लाको विकासको गति रोएिको र शुन्यता छाउदै गएकोले पुन धनकुटालाई गुञ्जायमान बनाउदै जिवन्तता दिन प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारपुगी टोलिले प्रधान मन्त्री देउवा समक्ष माग पत्र बुझाएको हो ।

टोलिले जिल्ला अस्पताल धनकुटा कोशी पहाडी चार जिल्लाका विरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले बिशेषज्ञ स्वास्थ्य सेवा सहित अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय शैयाको बनाउ, धनकुटामा मेडिकल कलेज स्थापना गर्न माग गरेको छ ।

त्यसैगरी धनकुटामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाईरस महामारीको रुपमा फैलिदै गई मृत्यू हुने मानिसहरुको संख्या समेत बृद्धि हुदै गएकाले जिल्लाका लागि तत्काल १ लाख ७३ हजार कोरोना विरुद्धको खोप उपलब्ध गराउन भनेको छ ।

धनकुटा नगरपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्न,जिल्ला अस्पतालमा भेन्टिलेटर सहित १० वेडका आईसियू कक्ष स्थापना भएपनि दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले सञ्चालनका लागि जनशक्ति सहित २ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन पनि माग गरिएको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको सात वटै पालिकाका अस्पताल मध्ये धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाको अस्पतालमा मात्र डाक्टर कार्यरत रहेको र बाँकी अस्पतालमा डाक्टरको अभाव रहहेकाले तत्काल डाक्टरको व्यवस्था गर्न र ती पालिकाका अस्पतालहरुलाई कम्तिमा १५ वेडको अस्पतालमा स्तरोन्नती गरी साधनस्रोत सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि व्यवस्था गर्न समेत प्रधानमन्त्री समक्ष माग गरिएको छ ।

नेपाल नेत्रज्योती संघ धनकुटाले सञ्चालन गरेको डा रामप्रसाद पोखरेल आँखा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुको लागि गुणस्तरीय आँखा उपचार केन्द्रका रुपमा स्थापित गर्न आवश्यक सहयोग गर्न माग गर्दै धनकुटा नगरपालिकाको वडा नं ९ को बेलहारा डाँडामा एयरपोर्ट निर्माणका लागि डीपीआर समेत भैसकेकोले तत्काल एयरपोर्ट निर्माण गर्न पनि माग टोलिले गरेको छ ।

त्यस्तै यहाँको यातायात कार्यालयलाई पूर्वी पहाडी जिल्लाकै काम गर्ने हिसाबले लाईसेन्स समेत दिनेगरी अधिकार सम्पन्न बनाउन,धनकुटामा रहेको प्रदेश नं १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नं १ को प्रहरी तालिम केन्द्रका रुपमा स्थापना गर्न, यसअघि देउवा सरकारले नै २०७४ माघमा राष्टिय शहिद घोषणा गरेको धनकुटा छिन्ताङ्ग काण्डमा सहादत्त प्राप्त गरेको र प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलनका धनकुटाका २९ जना शहिदका परिवारलाई तत्काल राहत उलब्ध गराउन, उनिहरुलाई रोजगारीको व्यवस्था गर्न, शहीद भिमनारायण श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष सञ्चालन हुदै आएको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता सञ्चालन गर्न आर्थिक रुपमा समस्या भएकाले आवश्यक वजेट उपलब्ध गराउन समेत प्रधान मन्त्री देउवा समक्ष धनकुटा कांग्रेसको टोलिले लिखित रुप मै माग गरेको छ ।

त्यस्तै धनकुटालाई कृषि ,शिक्षा ,स्वास्थ्य र पर्यटन क्षेत्रको रुपमा विकास गरी जिवन्तता दिन पनि भनिएको छ । पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसाद पौडेल र जिल्ला सविच विजय सन्तोषी राईद्धारा हस्ताक्षरित माग पत्र बुझाउन उहाँहरु सहित महासमिति सदस्यहरु अजित नारायाण सिंह थापा,आनन्द सन्तोषी राई,जिल्ला सदस्यहरु निर्मल ओझा,निलम थापा,महाधिवेशन प्रधिनिधि उदय लिम्बु,यूवा नेता मदन घिमिरे,सम्पर्क समितिका सभापती भीम थापा,नेविसंघ सम्पर्क समितिका सभापती सविन पोखरेल,कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष हरीकृष्ण राजभण्डारी,कल्पना लिम्बु लगायतका नेताहरुबालुवाटार पगेका थिए । सो अवसरमा कल्पना लिम्बु प्रवेश गर्नु भएकोमा स्वागत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।