सरकार र शक्तिको दुरुपयोग ! सरकारी स्वास्थ्य सामाग्री कांग्रेस नेताद्वारा हस्तान्तरण

धनकुटा । धनकुटाबाट जननिर्वाचित प्रतिनीधि तथा सरकारका प्रतिनीधिहरुलाई पाखा लगाउँदै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकार निकट दलका ब्यक्तिबाट कोभिडका स्वास्थ्य सामाग्रीहरु धनकुटालाई पठाएको छ ।

धनकुटाका ४ स्थानिय तह,जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालय धनकुटालाई कोरोनाका सामाग्रीहरु नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापा मार्फत् धनकुटा ल्याएर बुझाईएको छ ।

साउन २८ र भदौ १० गते मन्त्रालयबाट बुझेर ल्याईएका भरपाई र सामाग्रीहरु थापाले स्थानिय सुरक्षा निकायहरुका प्रमुख र पत्रकारहरुको उपस्थितिमा बुझाउनु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका लागि बेड र स्वास्थ्य सामाग्रीहरु अस्पतालका प्रमुख पुजन बिश्वकर्मालाई थापाले हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै पाख्रिबास नगरपालिका,चौबिसे गाउँपालिका,सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिकालाई प्राप्त सामाग्रीहरु जनस्वास्थ्य कार्यालयका स्टोर प्रमुख नारायण खनालले जिम्मा लिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।