पूर्वमन्त्री थापाको प्रयासमा धनकुटा जिल्ला अस्पताल सहित सवै पालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध

भाद्र ११,धनकुटा । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पहलमा धनकुटा अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।

कोरोना भा’इरस संक्रमण तिब्र रुपमा फैलदै गईरहेको बेला पूर्वमन्त्री थापाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ मार्फत आज धनकुटा अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो ।

पूर्वमन्त्री थापाले धनकुटा अस्पतालका प्रमुख डा पुजन विश्वकर्मा र प्रशासन शाखा प्रमुख राजन पोखरेललाई धनकुटा अस्पतालका लागि ल्याएको बेड, यू एस जी मेशिन, अक्सिजन सिलिन्डर,थर्मगन,एक्सो मिटर,अक्सिजन कन्सन्टेटर लगायतका स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको छ ।

त्यसैगरी धनकुटाको पाख्रीवास नगरपालिका,महालक्ष्मी नगरपालिका,सागुरीगढी गाउपालिका,चौविसे गाउपालिकाका स्वास्थ्य संस्थाहरुका लागि मन्त्रलायबाट बेड, अक्सिजन सिलिण्डर,थर्मगन,एक्सो मिटर,अक्सिजन कन्सन्टेटर लगायतका समाग्री ल्याएर आजै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नारायण खनाललाई हस्तान्तरण गर्नु भएको छ ।

उहाँकै पहलमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट यस अघि पनि धनकुटाको छथरजोरपाटी र सहिदभूमी गाउपालिकाका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट समाग्रीहरु आईसकेको थियो ।

स्वास्थ्य समाग्रीहरु हस्तान्तरण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ लगायत सूरक्षा निकायका प्रमुख र कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु पुरेन्द्रलाल श्रेष्ठ गिरिजा प्रसाद दाहाल,महेन्द्र निरौला,नरेश श्रेष्ठ,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाली कांग्रेस छथरजोरपार्टीका सभापती छत्र सुब्बा, धनकुटा नगर कार्य समितिका उपसभापती ,मिलन खड्गी,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाली कांग्रेस धनकुटाका यूवा नेताहरु असित थापा, मदन घिमिरे,भरत श्रेष्ठ लगायतको उपस्थिति थियो ।

केही समय अघि धनकुटाकामा क्रियाशिल सत्ता गठबन्धन नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,जसपा लगायत राजनैतिक दलहरुको बैठक वसी निर्णय गरेर स्वास्थ्य सामाग्री ल्याउन पहल गरीदिन पूर्वमन्त्री थापा लगायतका नेताहरुलाई आग्रह गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।