बसको ठ’क्करबाट मोटरसाईकल चालकको मृ त्यु
झापा, भदौ १२ । झापा कमल गाऊपालिका ४ चुलाचुलिमोड स्थित पुर्व-पश्चिम राजमार्गमा बसको ठ क्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृ त्यु भएको छ । मृ त्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् ।
हिजो दिउसो साढे १ बजे पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठ क्कर दिँदा थापाको मृ त्यु भएको हो ।
बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ बर्षीय सम्पतलाल धिमाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।


