संकास्पद तरिकाले होटलमा नै थन्कियो कोरोना स्वास्थ्य सामाग्री, श्रोत देखाउन र सरकारी नीति अनुसार बितरण गर्न एमालेको माग
धनकुटा,१२ भदौ । करिव १ महिना देखि होटलमा थन्काएर राखिएको कोभिड स्वास्थ्य सामाग्रीको स्रोत देखाउन नेकपा एमाले धनकुटाले कांग्रेस सह–महामन्त्री सुनिलबहादुर थापालाई चुनौति दिएको छ ।

थद्यपी थापाले ११ शुक्रबार मन्त्रालयबाट सामाग्री ल्याएर जिल्ला अस्पताल धनकुटा र जनस्वास्थ्य कार्यालयलाई बुझाएका छन् ।
तर थापाले सूर्यबहादुर थापा ट्रष्ट मार्फत् कांग्रेस पार्टीको लोगो टाँसेर बाँड्नका लागि होटल प्यासिफिक ३ धनकुटामा भण्डारण गरेर राखेको सामाग्रीरु पनि मन्त्रालयकै रहेको एमालेको ठहर छ ।
एमालले धनकुटामा शनिबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको लेटर प्याडमा माग गरेर मन्त्रालयबाट सामाग्री स्वीकृत गरेको पत्र समेत सार्वजनिक गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर जारी गरेको बिज्ञप्तीमा उक्त स्वास्थ्य सामाग्रीहरु कुनै दलबाट नभएर नेपाल सरकारको मातहतबाट बितरण गरिनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले बिधिको शासन र नीति बिपरित काम गर्न खोजे यसको दुश्परिणाम प्रशासन र सम्बिन्धित दलले भोग्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य ईन्द्रमणि पराजुलीले उक्त सामाग्रीहरु मन्त्रालयबाट नल्याएको भए श्रोत उल्लेख गर्न थापालाई चुनौति दिनुभयो ।
उक्त स्वास्थ्य सामाग्रीहरु संस्थागत नै वितरण गरिने भएपनि दलको चिन्ह प्रयोग गर्नु संबिधान तथा नीति बिपरित भएको एमाले धनकुटाको ठहर छ ।

उक्त सामाग्रीको बिषयमा थापाले यस अघिनै आफ्नो संस्थाले निजी रुपमा खरिद गरेको जानकारी दिईसकेका छन् ।
तथापी थापाले कोरोनाको समय जस्तो संवेदनशिल समयमा ल्याईएको उक्त स्वास्थ्य सामाग्रीको विबरण भने अहिले सम्म सार्वजनिक गरेका छैनन् ।


