शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

काठमाडौँ, १५ भदौ (रासस) : जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।

लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।

कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे ।

कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार,नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४०० र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख एक हजार १७२ को कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖