टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

दिलकुमार लिम्बु/फुङ्लिङ, १६ भदौ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् ।

सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईले टर्की पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा दुवैबाट राम्रो आम्दानी हुने भएपछि यसको पालनतर्फ यहाँका युवा आकर्षित हुँदै गएका छन् । स्थानीयवासीले आफ्नो क्षमता अनुरुप १० देखि ७० वटासम्म पाल्न थालेको उहाँले बताउनुभयो । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको बताइएको छ ।

सुरुमा प्रतिचल्ला (टर्कीको बच्चा) रु ७०० मा खरिद गरेर परीक्षणका रुपमा पाल्न सुरु गरेका भट्टराईले यस व्यवसायबाट राम्रो आम्दानी लिन थालेपछि यसतर्फ आकर्षित भएको बताउनुभयो । सुरु आठ÷दश वटा टर्की खरिद गरेर पालन सुरु गरेपछि यसबाट राम्रो आम्दानी भएपछि अहिले यसको सङ्ख्या बढाएर व्यावसायिक रुपमै पालन सुरु गरेको उहाँको भनाइ छ ।

यस्तै मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका मानबहादुर लिम्बूले दुई÷तीनवर्ष अघिदेखि नै टर्कीपालन गर्दै आएको बताउनुभयो । दोभान बजारका होटल व्यवसायीसमेत रहनुभएका लिम्बूले ग्राहकबाट माग हुन थालेको र विदेशी पर्यटक समेतले बढी रुचाउने गरेकाले आफैंले टर्कीपालन गर्न थालेको बताउनुभयो । टर्कीपालन सुरु गरेसँगै यसबाट सोचेभन्दा राम्रो फाइदा र सन्तोषजनक आम्दानी पनि भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय यहाँका युवा टर्की पालन व्यवसायमा आकर्षित हुँदै गएपनि कोरोना भाइरस सङ्क्रमणका कारण यसमा केही कमी आएको स्थानीयवासीको भनाइ छ । चल्ला ल्याउने स्थानमै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकाले ल्याउन नसकिएको हो उनीहरुको दाबी छ । सहज परिस्थिति भएपछि पुनः पाल्ने योजना बनाएको उनीहरुले बताउनुभयो ।

एकदिने चल्लाको रु ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खानायोग्य हुने स्थानीयवासीको भनाइ छ । चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी छ ।

चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ ।

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले मागअनुरुप पूर्ति गर्न नसकिएको लिम्बूले बताउनुभयो । एक सय टर्की पाल्दा ६ महिनामा झन्डै रु चार लाखसम्म कमाउन सकिने उहाँको भनाइ छ । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोसम्म हुन्छ ।

झट्ट हेर्दा वन कुखुरा जस्तो देखिने टर्की हेर्नका लागि आकर्षित पक्षी भए पनि अण्डा उत्पादन र मासुकै प्रयोजनका लागि पाल्ने गरेको स्थानीयवासी बताउँछन् । टर्कीको अण्डा प्रतिगोटा रु २५० र मासु प्रतिकिलो एक हजार ३०० सम्ममा खरिदबिक्री हुने गरेको छ ।

यता मासुमा चिल्लो पदार्थको मात्रा न्यून हुने र यसको उपभोगले स्वास्थ्यलाई फाइदा गर्ने पनि किसानको दाबी छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।