धनकुटामा भदौ मसान्त सम्म निशेधाज्ञा समय थप
धनकुटा,१७ भदौ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले भदौ ३१ गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि बिहिबार राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरि भदौ मसान्त सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनु भयो । निशेधाज्ञा भनिए पनि सबै प्रकारका पसल, अन्य व्यावसाय लाई स्वाथ्य मापदण्डको पालना गरि खोल्न दिएको छ ।
सबै खाले सार्वजनिक यतायतका साधन खोल्न दिएको छ । विद्यालय भने खोल्ने अनुमती दिएको छैन् । सभा जलुस, दर्शक जम्मा भएर खेलाईने खेल लाई पनि संचालन गर्न नपाईने जनाइएको छ ।
साथै यस समयमा पर्ने चाड पर्व लाई समेत भिड भाड नगरी संकेतिक रुपमा मात्र मनाउन अनुमती दिएको छ ।त्रिभुवन विश्वविद्यालय लोक सेवा आयोगले संचालन गर्ने परिक्षा समेत नेपाल सरकारले जारी गरेका स्वाथ्य मापदण्डको पूर्ण पालना गरि संचालन गर्न भनिएको छ ।



